१४ बैशाख २०८१, शुक्रबार

यति एयरको विमान भैरहवामा दुर्घटना, सबै सकुशल


४ चैत, रुपन्देही । काठमाडौंबाट भैरहवाका लागि उडेको यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको छ ।

२६ यात्रु सवार विमान विमानस्थलमा अवतरणको क्रममा पाङग्रा जाम भएपछि रनवे मै अड्किएको हो ।

विमानस्थलको रनवेमा अडकिएको विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

विमान धावनमार्गमा नै रोकिएका कारण विमानस्थल बन्द छ । जहाजलाई हटाएर विमानस्थल सञ्चालन गर्ने तयारी भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !