२७ बैशाख २०८१, बिहिबार

नेपाल भ्रमण वर्ष २०२० मा १५ लाख पर्यटक भित्र्याउने : पर्यटनमन्त्री अधिकारी


Rabindra Adhikari रवीन्द्र अधिकारी

२ चैत, काठमाडौं । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष मनाउने निर्णयमा हस्ताक्षर गरेका छन् । शुक्रबार सपथ लिएपछि पदभार ग्रहण गर्दै उनले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने गरी भ्रमण वर्ष मनाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।

मन्त्री अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी १ महिनाभित्र टुंग्याउने निर्णयमा पनि हस्ताक्षर गरेका छन् । मन्त्री अधिकारीले भारत र चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने पनि प्रतिवद्धता जनाएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र पोखरा भएपनि निजगढ विमानस्थललाई पहिलो प्राथमिकतामा राख्ने पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !