१८ बैशाख २०८१, मंगलबार

जडीबुटी र फलफूलका बिरुवा वितरण गरिँदै


रुख

नारायणगढ । डिभिजन वन कार्यालय चितवनले जडीबुटी र फलफूलका बिरुवा वितरण गरिरहेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आर्थिक वर्ष २०७७/७८ मा जडीबुटी, फलफूल र अन्य बिरुवा गरी डेढ लाख बिरुवा वितरण भइसकेको छ । उहाँले डिभिजन वन कार्यालयले चालु आवमा दुई लाख पाँच हजार बिरुवा उत्पादन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “फलफूल र केही जडीबुटीका बिरुवा खरीद गरेर ल्याई वितरण गरेका हौँ, अन्य बिरुवा डिभिजन वन कार्यालयले नै उत्पादन गरेको छ ।” उहाँले डिभिजन वन कार्यालयमै एक लाख ७५ हजार बिरुवा र ३० हजार बिरुवा खैरहनी सबडिभिजन वन कार्यालयमा उत्पादन गरिएको जानकारी ।

सूचना अधिकारी खनालले भन्नुभयो, “कबुलियती वन, सामुदायिक वन र अन्य निजी सङ्घसंस्थालाई बिरुवा वितरण गरेका छौँ ।” उहाँले बिरुवा वितरण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । जिल्लामा ४३१ कबुलियती वन र ९३ सामुदायिक वन छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !