१४ बैशाख २०८१, शुक्रबार

प्रधान्यायाधीशको राजीनामाको हामी स्वागत गर्छौं : नेपाल बार


Khamba Bahadur Khati

१ चैत काठमाण्डौ । नेपालबार एशोसिएसनका महासचिव खम्बबहादुर खातीले प्रधानन्यायाधीशगोपाल पराजुलीले राजिनामादिनु स्वागतयोग्य भएको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महासचिव खातीले यस्तो धारणा राखेका हुन् । ‘प्रधान्यायाधीशको राजिनामा आएको छ, यो स्वागतयोग्य कुरा हो, उहाँले न्यायालयको सम्मानको लागि र अहिले देखिएको विवादलाई समाधान गर्नको लागि राजिनामा दिनु उपर्युक्त हो, बार यसको स्वागत गर्छ’ खातीले भने।

उनले प्रधानन्यायाधीशको जन्ममिति र शैक्षिक प्रमाणपत्रको विवाद देखिनुमामुख्य दोष संवैधानिक परिषदको भएको आरोप लगाए । खातीले भने,‘यस्तो अवस्थामा पनि संवैधानिक परिषदको बैठक नबस्नु आश्चर्यको विषय हो, प्रधानन्यायाधीश योग्य हो वा होईन भन्ने निर्णय गर्ने निकाय नै संवैधानिक परिषद हो, तर उसले किन छुट्याएन? यो आश्चर्यको विषय हो।’

त्यस्तै उनले न्याय परिषद सचिवालयले हिजो काटेको पत्रको सम्बन्धमा टिप्पणी गर्दै भने,‘सचिवालयलाई कसले दियो यो सर्वोच्चता? न्याय परिषद सचिवालयलाई कसले दियो बोधार्थ र कार्यरथ भनेर लेख्ने अधिकार ?’ संवैधानिक परिषदको बैठक बस्न नसक्नु आश्चर्यको विषयमात्रै नभएर सिँगो अदालतको शीर झुकेको खातीको भनाई थियो ।

सर्वोच्च अदालतका ८ जना न्यायाधीशले बेन्च बहिष्कार गरेकोप्रति कडा टिप्पणी गर्दै उनले भने,‘उहाँहरुलाई बेन्च बहिष्कार गर्ने अधिकार कसले दियो ? यो छुट उहाँहरुलाई कसले दियो ? उहाँहरु अदालतको न्यायाधीश हो कि ट्रेड युनियनका नेता हुन्।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !