१९ बैशाख २०८१, बुधबार

उत्तरी गोरखामा हेलिकप्टरमार्फत पुर्याइयो खोप


सिनोभ्याक्स

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पु¥याएको छ । मौसम खराबीका कारण यसअघि नै पु¥याउने भनिएको खोप आज मात्र चुमनुव्रीका विभिन्न खोप केन्द्रमा पुर्याइयो स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिनुभयो ।

जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप ढुवानी गरिएको उहाँले बताउनुभयो । “सडक मार्गबाट खोप लैजान सक्ने अवस्था नरहेकाले हेलिकप्टरमार्फत खोप पु¥याएको हो”, शाखा प्रमुख खत्रीले भन्नुभयो, “शुक्रबार नै लैजाने भनिए पनि मौसम खराबीका कारण आज मात्र खोप ढुवानी गरिएको छ ।”

भेरोसिल खोपको तीन हजार डोज माउन्टेन चाइल्ड नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा हेलिकप्टर चार्टर गरेर चुमनुव्री पु¥याएको प्रमुख खत्रीले बताउनुभयो । चुमन्रवी पुर्याइयो खोप गाउँपालिका भित्रका १८ वर्षदेखि माथिका उमेर समूहका सबैलाई लगाइने उहाँको भनाइ छ ।

सो क्षेत्रमा तीन हजार ७०८ नागरिक बस्दै आएका छन् । केहीले यसअघि नै खोप लगाइ सकेका र केही राजधानीमा बसोबास गर्दै आएका कारण तीन हजार डोज भए पुग्ने अनुमान गरिएकोे प्रमुख खत्रीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !