४ जेष्ठ २०८१, शुक्रबार

रेशम चौधरीलाई थप उपचारका लागि काठमाण्डाै ल्याइयाे


Resam-Chaudhary

२६ फागुन, काठमाण्डाै ।  कैलाली जिल्ला कारागारमै ७ दिनदेखि अनसनरत टीकापुर घटनाका मुख्य योजनाकारका आरोपी रेशमलाल चौधरीको स्वास्थ्य नाजुक हुँदै गएपछि थप उपचारका लागि काठमाण्डाै ल्याइएकाे छ ।

चौधरीलाई सवा ५ बजेपछि बुद्ध एयरलाइन्समार्फत काठमाडौं ल्याइएकाे हो ।

शुक्रबार अस्पताल भर्ना गरिएका चौधरीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शनिबार फेरि अस्पताल लगिएको थियो । चौधरीले चिकित्सकले दिएको औषधि भने सेवन गर्न नमानेपछि उनलाई कारागार फर्काइएको थियो ।

उनको स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार फेरि अस्पताल पुर्याइएको कैलाली कारागार प्रशासनले जनाएको थियो ।

टिकापुर घटनाको मुद्धा खारेज गर्नुपर्ने, आफूलाई चुनाव जितेको प्रमाण पत्र दिनुपर्ने र प्रतिनिधिसभा सदस्यको शपथ खान पाउनुपर्ने लगायतका माग राखी चौधरीसहित २४ जनाले अनसन सुरु गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !