२२ बैशाख २०८१, शनिबार

विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन


रञ्जित तामाङ

काठमाडौँ । विभिन्न दल निकट विद्यार्थी संगठनले आज प्रतिनिधिसभा विघठनविरुद्ध प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरका छन् ।

नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा ९माओवादी केन्द्र० निकट अखिल ९क्रान्तिकारी०, जनता समाजवादी पार्टी ९जसपा० उपेन्द्र यादव पक्ष निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल ९छैठौँ० लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

कोभिड–१९ सङ्क्रमणलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा अपनाएर विरोध प्रदर्शन गरिएको अनेरास्ववियुकी नेत्री आरती लामाले बताउनुभयो ।

गत जेठ ८ गते विघटित प्रतिनिधिसभाको विषयमा सर्वाेच्च अदालतमा सुनुवाइ भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !