२१ बैशाख २०८१, शुक्रबार

आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ


ज्वाला संग्रौला

काठमाडौं । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय पक्राउ परेका छन् ।

पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । संग्रौलामाथि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यवहार गरेको पनि आरोप छ ।

झालाई उनले सरुवा गराइदिने धम्की दिंदै रंगभेदी अभिव्यक्ति दिएकी थिइन् । त्यसको चर्को विरोध भइरहेका बेला झाको काज सरुवा भएको खुल्यो । पछि ट्राफिकले पुनः उनलाई महाराजगञ्ज नै फिर्ता पठाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !