२३ बैशाख २०८१, आइतबार

पाकिस्तानी प्रधानमन्त्री काठमाडौंमा


Pakistani PM and Yubraj Khatiwada

२१ फागुन, काठमाण्डौ । पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने भ्रमणको लागि नेपाल आइपुगेका छन् । अब्बासी पाकिस्तान एयर फोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौमा ओर्लिएका हुन् ।

अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका छन् ।

प्रधानमन्त्री अब्बासीको सम्मानमा सोमबार सैनिकमञ्च टुँडिखेलमा नेपाली सेनाको टोलीले ‘गार्ड अफ अनर’ प्रदान गर्नेछ । साँझ साढे ५ बजे गार्ड अफ अनरको समय निर्धारण गरिएको छ ।

यसअघि,त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा दिइने यस्तो ‘गार्ड अफ अनर’ अबदेखि सैनिक मञ्चमा दिइने नेपाली सेनाले जनाएको छ ।

यो पनि पढ्नुहोस्  ।

 पाकिस्तानी प्रधानमन्त्रीलाई टुँडिखेलकाे सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !