२३ बैशाख २०८१, आइतबार

पाकिस्तानी प्रधानमन्त्रीलाई टुँडिखेलकाे सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने


Pakistani Primeminister

२१ फागुन, काठमाण्डाै । अाज नेपाल आउन लागेका पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासीलाई टुँडिखेलको सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ । उहाँको सम्मानमा नेपाली सेनाले सम्मान गारथ अर्पण गर्नेछ ।

अब्बासी सैनिकमञ्चमा सम्मान पाउने पहिलो अति विशिष्ट पाहुना बन्नुहुने भएको छ । यसअघि, त्रिभुवन विमानस्थलकै अति विशिष्ट कक्षमा दिइने यस्तो ‘गार्ड अफ अनर’ अबदेखि सैनिक मञ्चमा दिइने नेपाली सेनाले जनाएको छ ।

अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री युवराज खतिवडालाई विमानस्थल पठाउने सरकारले निर्णय गरेको छ ।

‘गार्ड अफ अनर’को कार्यक्रम सकिएपछि उहाँ होटल हायात पुग्नुहुनेछ ।

बेलुकी उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुहुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !