१४ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्रीले २७ गते विश्वासको मत लिने


Kp oli

२० फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते संसदमा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभामा उपस्थित प्रमुख पाँच दलको आइतबार बसेको बैठकले सभामुख र राष्ट्रियसभा अध्यक्षको निर्वाचन साथै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका तय गरेको संघीय संसद् सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।

निर्वाचन तालिकानुसार सभामुखको चुनाव फागुन २६ गते, राष्ट्रियसभाका अध्यक्षको चुनाव फागुन ३०, उपसभामुखको चुनाव चैत २ र राष्ट्रियसभा उपाध्यक्षको चुनाव चैत ४ हुँदैछ ।

प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रधानमन्त्री ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

बैठकमा संघीय संसद् सञ्चालनका लागि तत्काल आवश्यक पर्ने अन्तरिम कार्यविधिलाई सामान्य संशोधनसहित भोलिको पहिलो बैठकमा प्रस्तुत गरिने र भोलि नै पारित गरिने सहमति भएको उहाँले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !