२४ बैशाख २०८१, सोमबार

जिपको टक्करबाट पैदल यात्रुको मृत्यु


दाङ, १६ वैशाख । जिपको ठक्करबाट दाङमा गए राति एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लालमटिया-५ मौरीघाटमा जिपको ठक्करबाट कपिलवस्तु जिल्लाको भृकुटी नगरपालिका निवासी २१ वर्षीय सन्दिप भुसालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार गम्भीर घाइते भुसालको उपचारका लागि बुटवलतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

गए राति ९ः३० बजेतिर बुटवलबाट दाङको घोराहीतर्फ आउादै गरेको लु१च ७७७४ नम्बरको जिपले भुसाललाई ठक्कर दिएको थियो ।

मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !