४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रियसभा सदस्यका लागि मतदान शुरु, ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा 


matadan

२४ माघ, काठमाण्डौ । राष्ट्रियसभा सदस्यको निर्वाचन आज देशैभर सुरु भएको छ । प्रदेश २ को निर्विरोध भइसकेकाले बुधबार छ वटा प्रदेशमा मतदान सुरू भएको  छ ।

प्रदेश ३ को निर्वाचन ललितपुरको जावलाखेलमा भइरहेको छ । मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् । प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी कुल  २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् ।

प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा, प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालय परिसरमा निर्वाचन हुने छ । यसैगरी प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा, प्रदेश ६ को सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा र प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा निर्वाचन केन्द्र तोकिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशवाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

३२ जना निर्वाचित गर्नका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा ५२ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !