२४ बैशाख २०८१, सोमबार

अन्तर्राष्ट्रिय फोटोग्राफी एक्स्पो सुरु


Photo-expo

१९ माघ, काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाण्डौद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गदै नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको चर्चा गरेका छन् ।

उपराष्ट्रपति पुनले शुक्रबार भृकुटीमण्डप प्रदर्शनी कक्षमा आयोजित कार्यक्रममा बोल्दै जनताका अधिकारलाई स्थापित गर्न जीवनको कुनै प्रबाह नगरी कार्यक्षेत्रमा देखाउनु भएको कामको उच्च प्रशंसा गरेका थिए । उपराष्ट्रपति पुनले हजार शव्द भन्दा एउटा फोटोको महत्व सयौँ गुण वढि हुने बताउदै सत्य तथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारले राष्ट्रका लागि पु-याउनु भएको योग्दानको स्मरण गरे ।

कार्यक्रममा रक्षामन्त्री भीमसेनदास प्रधानले सत्य र निष्ठाको अर्का नाम फोटो पत्रकारिता भएको बताए । नेपाल फोटो पत्रकार समूह (एनएफपीजे) ले आयोजना गरेको प्रदर्शनी माघ २१ गतेसम्म आयोजना गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !