१९ बैशाख २०८१, बुधबार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठाकुर पक्राउ


पक्राउ

काठमाडौँ । प्रहरीले १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा ललितपुरको महाङ्कालबाट एक जनालाई पक्राउ गरेको छ । स्थानीय नवोदय प्राथमिक विद्यालयको भवन निर्माणमा काम गर्दै आएका पर्सा पोखरियाका २१ वर्षीय राजकुमार ठाकुरलाई आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठाकुरमाथि बुधबार विद्यालय पछाडिको जङ्गलमा लगेर बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

यता ललितपुरको महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङस्थित वनभोज स्थलमा गोदावरी नगरपालिका-२ त्रिवेणी बस्ने ४० वर्षीय राजु तामाङ मृत फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच तारकेश्वर नगरपालिका-७ स्थित भूपू सैनिकटोल घर भएका नानीकाजी बोहराको घरबाट गएराति १ लाख ५० हजार नगदसहित सुनका गहना गरी करीब पाँच लाख ५३ हजार बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !