२० बैशाख २०८१, बिहिबार

राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश


राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इस्लामी गणतन्त्र पाकिस्तान र अष्ट्रेलियाका राजदूतहरुले आज आ-आफ्ना ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा पाकिस्तानी राजदूत सैद हैदर शाह र अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले प्रमाणपत्र पेश गरेका छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकारका उच्चपदस्थ अधिकारी लगायतको उपस्थिति थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !