१९ बैशाख २०८१, बुधबार

घुस लिएको अभियोगमा इन्स्पेक्टर शर्मा निलम्बित


गृह मन्त्रालयले निकालेको विज्ञप्ति

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा गृह मन्त्रालयले महानगरीय प्रहरी वृत्त, थानकोटको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । स्रोतका अनुसार सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोगमाथि छानविन थाल्न शर्मालाई निलम्बन गरिएको हो ।

शर्माले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग रकम लिएको आरोपसमेत लगाइएको छ । शर्माले भने रकम लिएको अस्वीकार गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !