२२ बैशाख २०८१, शनिबार

माओवादी सरकारवाट बाहिरिँदै, मन्त्रीहरूले आजै राजीनामा दिने


mantri

२७ पुस, काठमाण्डौ । माओवादी केन्द्रवाट सरकारमा सहभागी भएका मन्त्रीहरू बिहीबार सरकारवाट बाहिरिने भएका छन् । पार्टीको निर्णयअनुसार बिहीबार बेलुकीसम्ममा राजीनामा दिन लागेको विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले बताए । उनले भने, ‘आज बेलुकीसम्ममा राजीनामा दिने पार्टीको निर्णय भएको छ, सोहीअनुसार गर्दै छौं ।’

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि राजीनामा दिन लागेको मन्त्री शाहीले बताए । उनले मन्त्री भएकाहरू प्रदेशमा पनि जितेको र प्रदेशसभामा सहभागी हुनुपर्ने भएकाले पनि राजीनामा दिन लागेको उनले जानकारी दिए । उनले भने, ‘हामी मध्ये केही प्रदेशसभामा जितेका छौँ, अब प्रदेश सरकार बनाउनुपर्ने र मुख्यमन्त्री समेत बन्नुपर्ने भएकाले राजीनामा दिन लागेका हौँ ।’

विना विभागीय मन्त्री आशा कोइरालाले नयाँ जनादेश अनुसार नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न लागेको बताइन् । हाल माओवादी केन्द्रवाट ८ मन्त्री र ८ राज्यमन्त्री गरी १६ जना विना विभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी छन् । माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पहिले नेकपा एमालेसँग असोज १७ गते वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरूलाई विना विभागीय बनाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !