२३ बैशाख २०८१, आइतबार

सिमकोटमा ट्राफिक नियम लागू


trafic

सिमकोट, १८ कात्तिक । उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ । गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागू गर्न लागिएको हो । लामो दूरी सवारी साधन सञ्चालनमा आउन नसके पनि अन्तरपालिकामा छोटो दूरीका गाडी सञ्चालन हुने भएका कारण ट्राफिकले आफ्नो चेकपोष्टको कार्य शुरु गरेको छ । सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा ट्राफिक कार्यालय आफ्नो चेकपोष्टको बोर्ड राखेको छ ।

अन्तरपालिकामा आवतजावत गर्ने सवारी साधनले हालसम्म ट्राफिकको नियम पालना नगरी यातायात सञ्चालन हुँदा बजार क्षेत्रमा आफ्नो चेकपोष्ट राखेको हो । सिमकोटमा अब ट्राफिक नियम लागू हुने भएको छ । यसले गर्दा दुर्घटनादेखि लिएर मनपरि ढङ्गले यात्रु चढाउने कार्य रोक्न मद्दत पुग्ने भएको छ ।

यसभन्दा पहिला सिमकोट–खार्पु र सिमकोट–च्याछरा–डाँडाफयाका लागि सवारी चालकले मनपरि तवरमा यात्रु चढाउने र ओराल्ने काम गरिरहेका थिए । अन्तरपालिका आवतजावत गर्ने सवारी चालकले भाडादर यात्रुबाट महँगो लिने गरेका थिए । सिमकोट–खार्पु एक जना व्यक्तिको भाडा अगाडि सिटमा बसेमा रु ३५० र पछाडि सिटमा बसेका यात्रुलाई रु २५० लिने गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !