४ जेष्ठ २०८१, शुक्रबार

पूर्वाञ्चलमा यो वर्ष ६० जनाको हत्या


murder हत्या

१७ पुस, विराटनगर । यस वर्ष पूर्वाञ्चलमा ६० जनाको हत्या भएको छ। पूर्वाञ्चलमा आयोजित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा मानवअधिकारको अवस्था सार्वजनिकीकरण कार्यक्रममा जनवरी १ देखि डिसेम्बर महिना (२०७३ साल पुस १७ देखि २०७४ पुस १० गते) सम्ममा उक्त हत्या भएको तथ्याङक प्रस्तुत गरिएको छ।

गैरराज्यपक्षबाट २९ पुरुष र २५ महिला गरी ५४ जनाको हत्या उक्त अवधिमा भएको छ भने राज्यपक्षबाट ६ जना पुरुषको हत्या राज्यपक्षबाट भएको जनाएको छ। मानवअधिकार हनन र ज्यादतीका एक हजार ५९ जना पीडित एक वर्षको अवधिमा भएको छ। पीडितहरुमध्ये गैरराज्यपक्षबाट ८३८ महिला र १०८ पुरुष गरी एक हजार तीनजना र राज्यपक्षबाट ५३ पुरुष र तीन महिला गरी ५६ जना पीडित भएको प्रस्तुत तथ्याङकमा उल्लेख छ।

सोमराज थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्वाञ्चलमा मानवअधिकार उल्लंघन भएका घटनाको प्रतिवेदन इन्सेक मोरङका प्रतिनिधि इन्दिरा भट्टराई र नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेलले प्रस्तुत गरेका थिए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !