१५ बैशाख २०८१, शनिबार

छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारको निर्णय


सार्वजनिक यातायात C

२५ असार, काठमाडौं । कोरोनाका कारणले गर्दा गत चैत महिनादेखि बन्द गरिएको सार्वजनिक यातायात अन्ततः सरकारले सञ्चालन गर्न दिने भएको छ ।

बिहीबार प्रेस ब्रिफिङ गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए । काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।

सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने मन्त्री खतिवडाले बताए । बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !