२४ बैशाख २०८१, सोमबार

रासायनिक मलको समुचित प्रयोगका बारेमा जानकारी


कार्तिक २०, काठमाडौँ | साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको समुचित प्रयोगका बारेमा कृषक तथा सहकारी संस्थालाई जानकारी दिन शुरु गरेको छ । यसका लागि कर्पोरेशनले भारतको साई मल उद्योगको सहकार्यमा विराटनगर, इलाम, जनकपुर, वीरगञ्ज, भरतपुर, भैरहवा, दाङ, कृष्णनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतका स्थानमा आजदेखि तालीम सञ्चालन गर्ने जनाएको छ ।
काठमाडौँ, नुवाकोट, धादिङ, ललितपुर, भक्तपुर, काभ्रेमा आइतबारदेखि तालीम सञ्चालन शुरु भएको कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाले जानकारी दिनुभयो ।
तालीममा साई मल उद्योगका विज्ञ विश्वरुप बोस, माटो विज्ञ इन्द्रबहादुर ओली र कर्पोरेशन विज्ञ भगवान् खतिवडाले रासायनिक मलको समुचित प्रयोगका बारेमा विस्तृत जानकारी दिनुहुनेछ । साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको बिक्री वितरण गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !