१४ बैशाख २०८१, शुक्रबार

कोरियाली प्रायद्वीपमा अमेरिकी ‘बी–१ बम्बर’ विमानले खसाल्यो बम


असोज ३, काठमाडौँ । उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको जवाफमा दक्षिण कोरियाली लडाकु जहाजसँग मिलेर अमेरिकाको बमबर्षक विमानले कोरियाली प्रायद्वीपमा बम खसालेर युद्ध अभ्याश गरेको छ ।

दक्षिण कोरियाली न्यूज एजेन्सी ‘योनहैपका अनुसार अमेरिकाले गुआम द्पिमा तयारी अवस्थामा राखिएकोे ‘यूएस–४ एफ–३५ बी स्टेल्थ जेट’ र दुई ओटा ‘बी–१ बम्बर’ विमानलाई सोमबार कोरियाली प्रायद्वीपमा ल्याई बम खसालेर युद्ध अभ्याश गरेको हो ।

यस सैन्य अभ्याशमा दक्षिण कोरियाको ‘एफ–१५’ विमानसमेत सामेल भएको जनाइएको छ । उक्त सैन्य अभ्याशपश्चात अमेरिकी बमबर्षक विमान गुआम द्वीपस्थित एअरबेस फर्किएको बताइएको छ ।

दक्षिणले यस युद्ध अभ्याशलाई गत शुक्रबार उत्तरले गरेको क्षेप्यास्त्र परीक्षणको जवाफमा चालिएको कदम भनेको छ । साथै, दक्षिण कोरियाली राष्ट्रपति मून जाय इनले उत्तर कोरियाविरुद्ध तत्काल कडा कारबाही गर्न अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !