१९ बैशाख २०८१, बुधबार

पेरुमा डेल सोलार प्रधानमन्त्रीमा नियुक्त


२८ फागुन, लिमा । पेरुका राष्ट्रपति मार्टिन भिजकाराले कलाकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका साल्भाडोर डेल सोलारलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

साल्भाडोरले सन् २०१६ देखि २०१७ सम्म पेरुको संस्कृति मन्त्रालयको कार्यभार सम्हाल्नु भएको थियो ।

आमहत्या र मानव अधिकार उल्लङ्घनको जघन्य आरोपमा कारागारमा रहेका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरीलाई माफी दिने विषयमा सरकारमा विमति भएपछि उहाँले संस्कृति मन्त्रीको पदबाट राजीनामा दिनुभएको थियो ।

डेल सोलारका पूर्ववर्ती प्रधानमन्त्री सेजार भिल्लानुभाले गत साता राजीनामा दिनुभएको थियो ।

सन् १९७० मा जन्मनुभएका डेल सोलारमाथि मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण तथा शान्ति सुव्यवस्था कायम गर्ने प्रमुख चुनौती रहेको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !