१४ बैशाख २०८१, शुक्रबार

तान्जानिया डुङ्गा दुर्घटना, २२४ को मृत्य


Tanzania

८ असोज, नैरोबी, केन्या । तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको तान्जानियाको प्रहरीले जनाएको छ ।

यातायातमन्त्री आइज्याक कामवेलेले डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २२४ पुगेको आइतबार जानकारी गराउँदै अब कोही जीवित पाइने आशा झिनो रहेको बताउनुभयो ।

उद्धार कार्य लगभग अन्तिम चरणमा पुगेपछि आफन्तहरूलाई मृत शरीर हस्तान्तरण गरिएको छ । तान्जानिया सरकारले आइतबार एक दिन शोकको घोषणा गरेको छ । आइतबार पहिचान भएका १० मृतकलाई सामुद्रिक किनारामा सामूहिक रूपमा अन्तिम संस्कारपछि तान्जानियामा शोकको घोषणा भएको हो ।

डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको बताइएको छ । यहाँको प्रशासनले डुङ्गा कम्पनीसँग आवद्ध केही जनालाई पक्राउ गर्न निर्देशन दिइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !