१४ बैशाख २०८१, शुक्रबार

टस हारेर नेदरल्याण्ड्स विरुद्ध नेपाल बलिङ गर्दै, नेपालको राम्रो सुरुवात


३ चैत, जिम्बावे । क्रिकेट इतिहासमै पहिलो पटक एक दिवशीय मान्यता पाएको नेपालले ७ औं स्थानका लागि आज नेदरल्यान्ड्सको सामना गर्दैछ ।

जिम्बावेमा भइरहेकाे प्रतियोगितामा अहिले नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोजेको छ । अब नेपाल फिल्डिङका लागि मैदानमा प्रवेश गर्नेछ ।

टस हारेर फिल्डिङ गरेको नेपालले पहिलो ओभरमा नै विकेट झारेको हो ।

नेपालका लागि सोमपाल कामी एक्लै ३ विकेट लिए । ७ ओभर बलिङ गरेका सोमपालले २ मेडन ओभर फाल्दै १३ रनमात्र दिए ।

नेपालका सन्दीप लामिछानेले नेदरल्याण्डको मअत्वपूर्ण विकेट लिए । नेदरल्याण्डका मेक्सो डाउटलाई उनले २८ रनमा आउट गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !