१४ बैशाख २०८१, शुक्रबार

​ म्यानचेस्टर युनाइटेड सेभियासँग २–१ ले पराजित


Manchester-United

एजेन्सी, ३० फागुन । म्यानचेस्टर युनाइटेड युरोपियन च्याम्पियन्स लिगबाट बाहिरीएको छ ।

गएराति भएको खेलमा सेभियासँग २–१ गोल अन्तरले पराजित हुँदै युनाइटेड प्रि–क्वार्टरफाइनलबाट बाहिरीएको हो ।

घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई स्तब्ध बनाउने क्रममा सेभियाका बेन इदेरले दुई गोल गरे । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी बनेको थियो ।

तर, ७४ औं मिनेटमा सब्सिच्यूट खेलाडी बेन इदेरले सेभियाका लागि पहिलो गोल गरे । उनले मैदान प्रवेश गरेको दुई मिनेटमा नै म्यानचेस्टर युनाइटेडको पोष्टमा गोल गरेका हुन् । त्यसको चार मिनेटमा नै पुनः इदेरले गोल गर्दै सेभियालाई २–० को स्थानमा पुर्याए ।

घरेलु दर्शक माझ दुई गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले ८४ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । उसका लागि रामेलु लुकाकुले गोल गरेका थिए । तर त्यसपछि युनाइटेड खेलमा फर्कन सकेन र प्रतियोगिताबाट बाहिरीयो ।

यी दुईटिम बिचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !