१४ बैशाख २०८१, शुक्रबार

बार्सिलोनाको अपराजित यात्रा कायमै


Barcelona luis Suaraz

एजेन्सी, २७ फागुन । स्पेनीस ला लिगा लिग लिडर बार्सिलोनाले आफ्नो जितको यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा बार्सिलोनाले मालागालाई दुई शून्यले पराजित गर्यो । जितपछि बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँगको दूरी ११ अंकमा कायम राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा झरेको मालागा विरुद्ध बार्सिलोनाको जितमा लुइस स्वारेज र फिलिप कोउन्टिन्होले १–१ गोल गरे ।

मेस्सी भने आफ्नो तेस्रो सन्तान जन्मिएपछि यस खेलमा उपस्थित हुन सकेनन् ।

तर, उनको अनुपस्थितीमा पनि बार्सिलोनाले पुछारको क्लब मालागा विरुद्ध खेलको १५ औं मिनेटमा अग्रता बनायो । जोर्डी अलावाको पासमा लुइस स्वारेजले हेड मार्फत गोल गरे ।

त्यसपछि २८ औं मिनेटमा लिभरपुलबाट यसै सिजन बार्सिलोनामा आवद्ध भएका कोउन्टिन्हाले दोस्रो गोल गरे । दुई खेलले पछि परेको मालागा ३० औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो ।

उसका खेलाडी सोझै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । तर बार्सिलोनाले त्यसको फाइदा भने उठाउन सकेन । जितपछि बार्सिलोनाको २८ खेलबाट ७२ अंक पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !