१४ बैशाख २०८१, शुक्रबार

चेल्सी विरुद्धको जितले म्यानचेस्टरलाई उपाधि यात्रामा सहज


Machester city FC

एजेन्सी, २१ फागुन । इग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले चिरप्रतिद्धन्द्धी चेल्सीलाई एक शून्यले हराएको छ । जितसँगै सिटीले उपाधि यात्रा थप मजबुत बनाएको छ ।

घरेलु मैदान इतिहास स्टेडियममा भएको खेलमा सिटीको जितमा बेर्नार्डो सिल्भाको एकमात्र गोल निर्णायक बन्यो । करिब ५५ हजार दर्शक माझ भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

तर, ४६ औं मिनेटमा चेल्सी विरुद्ध डेविड सिल्भाको पासमा बेर्नार्डोले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसपछि पनि चेल्सीले खेलमा फर्किन धरै प्रयास गरेपनि सफल हुन सकेन ।

जितसँगै म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँगको अग्रता १८ अंकमा पुरयाएको छ । सिटीको ७८ अंक भएको छ भने लिभरपुलको ६० अंक छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !