१० जेष्ठ २०८१, बिहिबार

आक्रमणमा चार प्रहरी मारिए


शव

२३ असार । अफगानिस्तानको बाघलान प्रान्तको प्रान्तीय राजधानी पुल ए खुम्रीको बाहिरी इलाकामा रहेको एक सुरक्षा जाँचचौकीमा सोमबार भएको आक्रमणमा कम्तीमा चार प्रहरी अधिकारी मारिएका छन् ।

प्रान्तीय राजधानी पुल ए खुम्रीको उप प्रमुख शामसुल हकले उक्त जानकारी दिनु भएको ।

बाबा नगर क्षेत्रमा रहेको उक्त जाँचचौकीमा भएको यस आतङ्ककारी आक्रमण भएपछि प्रहरी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी चार सुरक्षा अधिकारीहको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका हकले प्रष्ट पार्नु भएको छ ।

यस झपडको प्रहरी स्रोतले पुष्टि गरेको तर यसको विस्तृत विवरण भने दिइएको छैन् । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !