२३ बैशाख २०८१, आइतबार

थाइल्याण्डका राजालाई चिनियाँ राष्ट्रपतिको बधाई


si jinping

बेइजिङ, २१ वैशाख । चीनका राष्ट्रपति सि चिनफिङले शनिबार राज्याभिषेक गर्नु भएका थाइल्याण्डका राजालाई बधाई दिनु भएको छ ।

थाई नरेश महा वजिरालंगकर्णले शनिबार औपचारिक रुपमा राज्याभिषेक गर्नु भएकोमा चिनफिङ्ले चिनियाँ सरकार, जनता र आफ्नो व्यक्तिगत तर्फबाट बधाई दिनु भएको हो ।

राष्ट्रपति फिङ्ले पठाउनु भएको बधाई सन्देशमा थाई नरेश र थाई जनताको हितको कामना गरिएको छ । थाई नरेश बजिरालंगकर्ण चीनको पुरानो साथी भएको स्मरण गर्दै उहाँले दुई पक्षीय सम्वन्ध लामो समयसम्म थप राम्रो हुदै जाने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

दुई देशको हित र विकासका लागि सहकार्य गर्न तयार रहेको र त्यसको लागि उपयुक्त वातावरण बनिरहने राष्ट्रपति फिङ्ले सन्देशमा अपेक्षा व्यक्त गर्नुभएको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !