२१ बैशाख २०८१, शुक्रबार

रखाइन राज्यका पाँचवटा शहरमा कफ्र्यु


Nepalpatra

२० चैत, याङ्गुन । म्यानमारको पश्चिमी राज्य रखाइनका पाँचवटा शहरमा मङ्गलबारदेखि रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) शुरु भएको छ ।

रखाइन राज्यबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद यु खिन माउङ लाटले रखाइनका याददाउङ, पोन्नाग्युन, क्याउक्ताउ, म्राउक यु र मिनप्यामा कफ्र्यु लगाइएको सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभयो ।

यो कफ्र्यु स्थानीय समयानुसार राति ९ बजेदेखि बिहान ५ बजेसम्म कायम हुनेछ । कफ्र्यु करिब दुई महिनासम्म जारी रहने बताइएको छ ।

यी पाँचवटा शहरमा साँझको समयमा राजमार्ग र तोकिएका स्थानमा बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

सर्वसाधारण नागरिकको भेषमा सुरक्षा फौजमाथि आतङ्ककारी आक्रमण हुन थालेपछि कफ्र्यु लगाउनु परेको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन् ।

यस आक्रमणबाट माननवीय हताहत बढेको र सर्वसाधारणको घरहरु समेत ध्वस्त भएको बताइएको छ । यद्यपी माउङताउ र बुधिदाउङ शहरका सन् २०१६ देखि हालसम्म कफ्र्यु जारी रहेको छ । (रासस-सिन्ह्वा) –


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !