२२ बैशाख २०८१, शनिबार

आणविक कार्यक्रम नत्यागे नाकाबन्दी लगाइन्छ : बोल्टन


अमेरिकी

२२ फागुन, वासिङटन । संयुक्त राज्य अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निशस्त्रीकरणमा नजाने हो भने, संयुक्त राज्य अमेरिकाले पनि उसमाथि नाकाबन्दी लगाउने जानकारी दिनुभएको छ ।

उहाँले एक अन्तर्वार्तामा सो धारणा राख्नुभएको हो । उहाँले निशस्त्रीकरणको विषयमा उत्तर कोरिया के कति गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको पनि बताउनुभयो ।

‘फक्स बिजनेस नेटवर्क’सँगको अन्तर्वार्तामा उहाँले उत्तर कोरिया यसअघिका सहमतिका साथै निशस्त्रीकरणको विषयमा कत्तिको गम्भीर छ भनेर अमेरिकाले हेरिरहेको बताउनुभयो ।

यसअघि अमेरिका र उत्तर कोरियाबीच गतवर्ष भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निशस्त्रीकरणको विषयमा सहमत भएको थियो ।

तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ । तर आफूहरु सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाई छ ।

सो अन्तर्वार्तामा उहाँले भन्नुभएको छ– यदि उत्तर कोरिया विगतको सो सहमतिको पक्षमा देखिएन भने अथवा उ निशस्त्रीकरणका लागि तयार भएन भने उसमाथि लगाइएको नाकाबन्दी आर्थिक हट्दैन, हटने छैन ।

उत्तर कोरियालाई दबाव दिने काम अघि बढ्ने नै छ भन्दै राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनले उत्तर कोरियाले आफूले यसअघि गरेका प्रतिबद्धताहरु पूरा गर्ने पक्षमा लागेन भने उसमाथि ठूलो दबाब अमेरिकी पक्षबाट हुनेछ र यसले आगामी दिनमा पनि उनीहरुलाई सहमतिको टेबलमा आउन बाध्य बनाउने छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोइमा दोस्रो चरणको वार्ता भएको थियो ।

तर सो शिखर वार्तामा भने कुनै पनि सहमति नभएको बताइएको छ । उहाँहरुबीच कुनै सहमति नभएको भए पनि वार्ता भने सकारात्मक र प्रगतिउन्मुख रहेको अधिकारीहरुको भनाई छ ।

उहाँहरुबीच पहिलो चरणको वार्ता गत वर्षको जुन महिनामा सिंगापुरमा भएको थियो । सो वार्तामा उत्तर कोरियाले निशस्त्रीकरणका लागि प्रतिबद्धता अघि सारेको थियो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !