२० बैशाख २०८१, बिहिबार

आणविक हतियार सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने : मस्को


मस्को

४ कात्तिक, मस्को, रूस । शीतयुद्धकालमा रूससँग अमेरिकाले गरेको आणविक हतियार सम्झौताबाट पछि हट्नु संयुक्त राज्य अमेरिकाका लागि ‘खतरनाक कदम’ हुने रूसी उप विदेशमन्त्री सर्गेइ ल्यावकोभले आइतबार बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले शीतकालीन समयमा रूससँग पूर्व राष्ट्रपति डोनाल्ड रेगनले गरेको उक्त सम्झौताबाट पछि हट्ने योजनालाई घोषणा गरेपछि रूसको प्रतिक्रिया आएको हो । विदेशमन्त्री ल्यावकोभले रूसी समाचार संस्था तासलाई भन्नुभयो, “म विश्वस्त छु, अमेरिकी कदमको अन्तराष्ट्रिय समुदायले आलोचना मात्रै गर्ने छैन । अमेरिकी ‘खतरनाक कदम’को विश्वभर निन्दा हुनेछ ।”

तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्भाचोभले पनि ट्रम्पको घोषणालाई अविवेकी निर्णय भन्दै आलोचना गर्नुभएको छ । “अमेरिकाले आणविक निशस्त्रीकरणका लागि गरिएको पूरानो सम्झौतालाई तोड्नु विल्कुल गलत हुनेछ,” गोर्भाचोभले इन्टरफ्याक्सलाई बताउनुभयो । उहाँले सहमतिबाट फिर्ता हुने अमेरिकी तयारीलाई बुझ्नु निकै कठीन परेको बताउनुभयो । “यो घोषणाले विवेकको कमीलाई देखाउँछ,” गोर्भाचोभले भन्नुभयो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !