२६ बैशाख २०८१, बुधबार

चेल्सीद्वारा न्युक्यासल पराजित


Chelsea

११ भदौ, काठमाडौं । इंग्सलिस प्रिमियर लिगमा न्युक्यासलको आत्माघाती गोलसँगै चेल्सी विजयी भएको छ । यडलिनले ८७ औं मिनेटमा गरेको आत्माघाती गोलसँगै चेल्सीले न्युक्यासल विरुद्धको खेल २–१ ले जितेको छ ।

पहिलो हाफ तथा दोस्रो हाफको अधिकाश‌ं समय गोलरहित बराबरीमा सकिएको खेलमा  ७६ औं मिनेटमा इडेन हजार्डको पेनल्टी गोलमार्फत चेल्सीले अग्रता बनायो । जारि प्रिमियर लिगमा चेल्सीको यो लगातार तेस्रो जित हो ।

न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा चेल्सीले अधिकासं समय खेल आफ्नो पक्षमा पारेपनि गोल गर्न भने अन्तिम समय नै कुर्नु परेको थियो ।

हजार्डको गोलबाट अग्रता लिएपनि जोसेलुले ८३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर न्युक्यासलले उक्त बराबरीको अवसरलाई धेरै समय टिकाउन सकेन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !