४ जेष्ठ २०८१, शुक्रबार

डाएमलरद्वारा इरानमा काम नगर्ने घोषणा


America-and-iran-fan-folding

२३ साउन, फ्रान्कफर्ट, अममेन ।  जर्मन कार कम्पनी डाएमलरले अमेरिकाले तेहरानविरुद्ध पुनः लगाएको प्रतिबन्धपछि आफूले इरानमा आफ्ना व्यवसायिक गतिविधिहरू रोक्ने मङ्गलबार बताएको छ ।

“हामीले इरानमा सीमितरूपमा सञ्चालन गर्दै आएका सवै व्यवसायिक गतिविधिलाई रोकेका छौँ,” कम्पनीका प्रवक्ताले एएफपीसँग बताउनुभयो ।
“कम्पनीले अमेरिकाद्वारा इरानविरुद्ध लगाएको नाकाबन्दीपछि विश्व समुदायले यसलाई कसरी हेर्दैछ आगामी राजनीतिक विकासक्रमलाई नजीकबाट हेरिरहेको छ,” प्रवक्ताले भन्नुभयो ।

संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा, एकपक्षीय प्रतिबन्धहरु लगाउने घोषणा गरपछि उक्त कम्पनीको निर्णय आएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा ऐतिहासिक, बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछि अमेरिकाद्वारा कठोर दण्ड सहितका प्रतिबन्धहरु लगाउने जनाएको हो ।

दुई चरणमा लगाइने अमेरिकी प्रतिबन्धहरुमध्ये पहिलोमा अमेरिकी बैंक नोटहरु तथा कार र गलैंचा समेतका प्रमुख उद्योगहरुको पहुँचसम्बन्धी रहेका छन् ।

इरानीहरुले प्रतिबन्धका प्रभावहरु यसअघि नै अनुभव गरिसकेका छन् । सन् २०१५ को आणविक सम्झौताबाट अमेरिका बाहिरिने राष्ट्रपति ट्रम्पले घोषणा गरेलगत्तै इरानको मुद्रा रियालको मूल्यमा आधा गिरावट आइसकेको छ ।

यसैबीच रूसले अमेरिकाद्वारा इरानविरुद्ध एकतर्फी रूपमा पुनः प्रतिबन्धहरू लगाउने कुराले अत्यन्त दुखी बनाएको जनाएको छ ।

“हामी इरानविरुद्ध पुनः प्रतिबन्ध लगाउने अमेरिकी कदमबाट अत्यन्तै दुखी भएका छौँ,” रूसी विदेशमन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “रूस सन् २०१५ मा रूस,अमेरिकालगायतका विश्व शक्तिराष्ट्रहरूले इरानसँग गरेको आणविक सम्झौतालाई रक्षा गर्न र इरानको आर्थिक चासोको बिषयलाई रक्षा गर्न आफ्नो हिस्सा अनुसार आवस्यक सबै कुरा गर्न तयार रहनेछ ।” (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !