२० बैशाख २०८१, बिहिबार

जिम्बाबेमा विपक्षीद्वारा मतपरिणाम बहिस्कार


Zimbabwe Elections Opposition MDC party supporters burn election posters with Zimbabwean President Emmerson Mnangagwa during protest in the streets of Harare Wednesday, Aug. 1, 2018. Hundreds of angry opposition supporters outside Zimbabwe’s electoral commission were met by riot police firing tear gas as the country awaited the results of Monday’s presidential election, the first after the fall of longtime leader Robert Mugabe. (AP Photo)

१८ साउन, हरारे ।  जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) ले वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएको परिणाम आफ्नो गठबन्धनले अस्वीकार गरेको जनाएको छ ।

सो गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भन्नुभएको छ । ‘यो निर्वाचन धाँधलीपूर्ण रुपमा गराइएको छ, हामी यस्तो नतिजा अस्वीकार गर्दछौँ’ उहाँले भन्नुभयो ।

तर पनि जिम्बाबेको निर्वाचन आयोगले निर्वाचन निष्पक्ष रुपमा भएको र कुनै धाँधली नभएको स्पष्ट पारेको छ ।

यो चुनाव सम्पन्न भएपछि नै मतगणना जारी रहेकै बेलादेखि विपक्षी गठबन्धनले निर्वाचन प्रक्रियाको विरोध गरेको थियो । उसको विरोधका कारण देशव्यापी रुपमा हिंसा पनि मच्चिएको थियो ।

गएको नोभेम्बरमा सत्ताच्यूत ९४ वर्षीय पूर्व राष्ट्रपति रोबर्ट मुगाबेले पदबाट राजीनामा दिएपछि जिम्बाबेमा पहिलोपटक संसद र राष्ट्रपतिको निर्वाचन भएको हो । मुगाबेलाई पदबाट हटाएपछि मान्गाग्वा नै राष्ट्रपति हुनुभएको हो ।

गत सोमबार भएको निर्वाचनमा वर्तमान राष्ट्रपति मान्गाग्वा नै विजयी हुनुभएको शुक्रबार बिहान निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छ ।

परिणामअनुसार मान्गाग्वाले २४ लाख ६० हजार ४६३ मत प्राप्त गर्नुभएको छ । यो मत परिणाम यहाँको निर्वाचनमा खसेको कूल मतको ५०.८ प्रतिशत हो ।

त्यसैगरी विपक्षी नेता नेल्सन चामिसाले २१ लाख ४७ हजार ४३६ अर्थात् ४४.३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगद्वारा सार्वजनिक परिणाममा जनाइएको छ ।

यस परिणामप्रति प्रतिपक्षी दलको औपचारिक प्रतिक्रिया भने आएको छैन । निर्वाचनमा धाँधली भएको भन्दै यहाँको विपक्षी गठबन्धनले मतगणना शुरु भएदेखि नै विरोध गर्दै आएको थियो ।

राजधानी हरारेमा भएको प्रदर्शन दबाउन प्रहरी र सेनाको गोली लागेर छ जनाको मृत्यु भइसकेको छ । लामो समय सत्तामा रहेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई पदबाट हटाइएपछि यहाँ पहिलो पटक आमनिर्वाचन भएको हो । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !