४ जेष्ठ २०८१, शुक्रबार

कङ्गोका पूर्वविद्रोही नेता चुनाव लड्न स्वदेश फिर्ता


Congo EX- Revo. Leader

१६ साउन, किन्सासा । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हुन लागेको निर्वाचनमा प्रतिस्पर्धा गर्न पूर्वविद्रोही नेता विदेशबाट स्वदेश फर्किनु भएको छ ।

झण्डै ११ वर्षभन्दा बढी समय विदेशमा रहनु भएका पूर्वविद्रोही नेता जोन बेम्बा बुधबार स्वदेश फर्किनु भएको हो ।

उहाँ स्वदेश फर्किएपछि मुलुकको राजनीतिक माहौल थप तातेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पचपन्न वर्षीय बेम्बाको अर्का प्रभावशाली नेता जोसेफ कबिलासँग प्रतिस्पर्धा हुने देखिएको अधिकारीहरूले बताएका छन् ।

कङ्गोमा यसअघि दुई पटक तय गरेर पनि पछाडि सर्दै आएको निर्वाचन अहिले आगामी डिसेम्बर २३ तारिखका दिन गर्ने घोषणा गरिएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !