४ जेष्ठ २०८१, शुक्रबार

अज्ञात रोगका कारण दिल्लीमा ४० गाई मरे


Cow

१३ साउन, नयाँदिल्ली । भारतको दिल्लीमा अज्ञात रोगका कारण कम्तीमा ४० ओटा गाई मरेका छन् ।

स्थानीय प्रहरी अधिकारीहरुले गत दुई दिनको अवधिमा ४० ओटा गाई मरेको शनिबार जानकारी दिएका हुन् ।

दिल्लीको पश्चिमी क्षेत्रमा पर्ने घुम्मानहेरा भन्ने ठाउँमा यसरी ठूलो संख्यामा गाई मरेको समाचारमा जनाइएको छ ।

यस स्थानमा सन् १९९५ देखि गाईपालन गर्न थालिएको थियो । अहिले झण्डै १४ सय गाई पालिएको गाउँलेहरुले जानकारी दिएका छन् । गाईपालनका लागि २० जना कामदार राखिएको छ ।  (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !