२२ बैशाख २०८१, शनिबार

जापान भूकम्प : मृत्यु हुनेको संख्या २३२ पुग्यो, अझै २१ जना बेपत्ता


Japan Earthquake: Death toll reaches 232, 21 more missing

टोकियो । जापानको इशिकावा प्रान्तमा गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या बुधबार २३२ पुगेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रान्तीय सरकारका अनुसार, अद्यावधिक गरिएको तथ्यांकमा वाजिमा सहरले थप १० जनाको ज्यान गएको जनाएको छ । वाजिमा सहर नोटो प्रायद्वीपमा गएको भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो ।

स्थानीय अधिकारीहरूले भूकम्पपछि तत्काल भएको आगलागीमा व्यापक क्षति बेहोरेको लोकप्रिय पर्यटकीय स्थल वाजिमाको बिहानी बजारको छेउछाउमा मृतकहरू फेला परेको बताएका छन् ।

उक्त क्षेत्रमा गत हप्तादेखि नै व्यापक खोजी र उद्धार कार्य भइरहेको थियो । भूकम्पमा परी वाजिमा सहरमा १७ र सुजु सहरमा चारजना गरी कुल २१ जना अझै बेपत्ता रहेका छन् ।

स्थानीय सञ्चारमाध्यमले उपलब्ध गराएका विवरण अनुसार क्षति भएका घर तथा आवासहरूको सङ्ख्या २२ हजार ३७४ रहेको पुष्टि भएको छ । थप मूल्यांकनहरू गर्दा प्रभावित भवनहरूको संख्यामा उल्लेखनीय वृद्धि हुन सक्ने बताइएको छ ।

वाजिमा र सुजुका सहरहरूमा, क्षतिको परिमाण अझै धेरै पुष्टि भएको छ । वास्तविक अवस्था अझै पनि अस्पष्ट रहेको जापानको राष्ट्रिय समाचार संस्था (क्योदो) ले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !