२१ बैशाख २०८१, शुक्रबार

आत्मसर्पण गरेका ट्रम्प २० मिनेट जेलमा बसेर जमानतमा रिहा


डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति तथा रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । ट्रम्पले सन् २०२२ को चुनावमा जालझेल गरेको प्रकरणमा एट्लान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।

चुनावमा हार्ने निश्चित भएपछि नतिजा उल्टाउने कोसिस गरेको आरोप लागेको थियो । जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेर २० मिनेट बिताएका ट्रम्पले जेल अधिकारीहरूलाई दुई लाख डलर तिरेर औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरी जमानतमा रिहा भइसकेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

जमानतमा रिहा भएर जर्जियाबाट फर्किने क्रममा आफ्नो निजी विमानमा चढ्नुअघि सन् २०२१ को जनवरी ८ पछि पहिलो पटक ट्वीट गरेर
उनले यो विषय राजनीतिक रूपमा प्रेरित भएको आरोप लगाएका छन् ।

अमेरिकामा नोभेम्बर २०२० मा निर्वाचनको परिणाम आएपछि ट्रम्पले आफ्नो हार स्विकार्न अस्विकार गरेका थिए र आफैंले जितेको झुटो प्रचार गरेपछि ६ फेब्रअरी २०२१ मा यूएस क्यापिटलमा हिंसा भड्किएर ट्रम्पका समर्थकले ह्वाउट हाउसभित्र प्रवेश गरेर तोडफोड गरेर र सरकारी अधिकारीहरुलाई आक्रमण गरेर मतगणनालाई समेत अवरोध गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !