२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री महाथिरको मन्त्रिमण्डल विस्तार


Mahathir Mohamad Malaysia New PM

 

२८ वैशाख, क्वालालम्पुर  । बिहीबार नियुक्ति हुनुभएका मलेसियाका प्रधानमन्त्री माहाथिर मोहमदले शुक्रबार दश जना नयाँ मन्त्री थप्नुभएको छ ।

उहाँले विपक्षी गठबन्धनको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिनुभएको हो । उहाँले पहिलो पटक तत्काल नियुक्ति गनुपर्ने मन्त्रीहरुको नामावली हिजो नै दिनुभएको र शुक्रबार उक्त मन्त्रिमण्डलमा विस्तार गर्नुभएको हो ।

शुक्रबार आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री माहाथिरले अर्थ, गृह, शिक्षा, बहुसञ्चार, बिज्ञान र सार्वजनिक सडक मन्त्रीको नाम पेश गर्नुभएको थियो । शुक्रबार मन्त्रिमण्डलमा विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।

आफूले ठूलो संख्याको मन्त्रिमण्डल नचाहेको तर केही मन्त्रीहरुको भने तत्काल आवश्यकता भएकोले तत्कालै विस्तार गरिएको प्रधानमन्त्री माहाथिरले बताउनु भएको छ ।

यस अघिका प्रधानमन्त्री नजिक रजाकको सरकारमा धेरै मन्त्रीहरु रहेका तथा भ्रष्टाचार बढेको भन्दै निकै आलोचना भएको थियो ।

आफूले चुस्त सरकार निर्माण गर्ने र पारदर्शिता र सुशासन कायम गर्ने जानकारी प्रधानमन्त्री महाथिरले सो पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !