११ जेष्ठ २०८१, शुक्रबार

ज्याकी च्यानकी छोरीले सहयोग गर्न अपील गर्दै भिडियो सार्वजनिक


jackie-chan-daughter

एजेन्सी, २० वैशाख । अभिनेता ज्याकी च्यान उनको अभिनय तथा एक्सनका कारण विश्वभरी नै चर्चित छन ।

ज्याकी च्यानकी छोरी इटा एनजी पैसा नभएका कारण सडकमा रात बिताउन बाध्य भएकी छिन् । उनले आफू समस्यामा रहेको र आफूलाई मद्दत गर्न त्यसै भिडियोमार्फत अनुरोध गरिरहेकी छिन । हङकङ्गका सुपरस्टार ज्याकी तथा हङकङ्गकी पूर्व सुन्दरी इलेन एनजीकी १८ वर्षीया छोरी इटा एनजीको एक भिडियो अहिले युट्यूबका भाइरल भइरहेको छ ।

इटाले उनकी प्रेमिकाको साथमा पछिल्लो एक महिनादेखि सडकमा रात बिताइरहेको कुरा बताएकी छिन । दुवैले यस कारणको जिम्मेवार आफूहरुको परिवार रहेको पनि बताएका छन । इटा समलिङ्गी रहेकाले परिवारहरुले यस कुरालाई स्वीकार नगरेको तसर्थ पे्रमिकाको साथ सडकमा रात बितारहेको बताएकी छिन ।

उनीहरुले आफू प्रहरी, अस्पताल तथा अन्य संघसंस्थामा सहयोगका लागि गए पनि कसैले सहयोग नगरेको बताएकी छिन् । त्यसै कारण इटाले आफूहरुलाई सहयोग गर्नका लागि अपील गर्दै भिडियो सार्वजनिक गरेकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !