२५ बैशाख २०८१, मंगलबार

रोमासँग हारे पनि लिभरपुल पुग्यो फाइनल


Champions League

एजेन्सी, २० वैशाख । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि लिभरपुल र रियल मड्रिड खेल्ने भएका छन् ।  बुधबार राति भएको सेमीफाइनलको दोस्रो लेगमा रोमासँग ४–२ ले पराजित भए पनि समग्रमा ७–६ को अग्रता बनाउँदै लिभरपुलले रियल मड्रिडसँगको भेट पक्का गरेको हो ।

रोमाको घरेलु मैदानमा भएको दोस्रो लेगमा सुरुवाती अग्रता लिएपनि लिभरपुल पराजित भएको थियो । तर, लिभरपुललाई घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको फराकिलो जित नै फाइनलमा पुग्न प्रयाप्त रह्यो ।  लिभरपुलले पहिलो लेगमा रोमालाई ५ – २ गोल अन्तरले हराएको थियो ।

रोमालाई समग्रमा हराएसँगै लिभरपुल ११ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । लिभरपुलले पछिल्लो समय सन् २००७ को सिजनमा फाइनल खेलेको थियो । फाइनलमा लिभरपुल इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको थियो ।

खेलको नवौँ मिनेटमा साडियो मानेको गोलमा लिभरपुलले अग्रता लिए पनि १५ औँ मिनेटमा मिल्नरले आफ्नै पोष्टमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । २५ औँ मिनेटमा जर्जिनियो भेनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

तर त्यसपछि, रोमाका इडेन जेकोले ५२ औं मिनेटमा तथा राजा नाइनगोलनले ८६ औं र दोश्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि खेल ४–२ को अवस्थामा पुग्यो । तर त्यसपछि रोमालाई थप गोल फर्काउन समय प्रयाप्त भएन । जारी च्याम्पियन्स लिगमा लिभरपुलको पहिलो हार ब्यहोरे पनि यसले उसको उपाधि यात्रामा कुनै फरक परेन ।

फाइनल खेल मे २६ तारिखमा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !