४ जेष्ठ २०८१, शुक्रबार

भारत र पाकिस्तानबीच पहिलो पटक संयुक्त सैन्य अभ्यासमा सहभागी हुने


Pakistan- India

एजेन्सी, १८ वैशाख । भारत र पाकिस्तान पहिलो पटक संयुक्त सैन्य अभ्यासमा सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आगामी सेप्टेम्बरमा रूसमा आयोजना हुन गइरहेको बहुराष्ट्रिय सैन्य अभ्यासमा पहिलो पटक भारत र पाकिस्तान सहभागी हुन लागेका हुन् ।

हिन्दुस्तान अखबारका अनुसार आतंकवादी गतिविधिहरु नियन्त्रण गर्ने उदेश्यले आयोजना हुने भनिएको उक्त सैन्य अभ्यासमा चीनलगायतका मुलुकहरु पनि सहभागी हुने भएका छन् । शंघाई सहयोग संगठन (एससीओ) ले निर्धारण गरेको रूपरेखा अनुरुप बहुराष्ट्रिय सैन्य अभ्यास आयोजना भइरहेको बताइएको छ ।

उक्त संस्थामा चीनको प्रभुत्व रहेको छ । एससीओलाई नाटोसँग प्रतिष्पर्धा गर्न सक्ने संस्थाका रुपमा हेर्ने गरिन्छ ।  रूसको उराल पर्वत क्षेत्रमा आयोजना हुन गइरहेको सैन्य अभ्यासमा एससीओका सवै सदस्य राष्ट्रहरुले भाग लिने पनि पत्रिकामा उल्लेख छ ।

पत्रिकाले लेखेको छ, ‘‘अधिकारीहरुले शान्ति मिशनको यो अभ्यासको मुख्य उदेश्य एससीओका आठ सदस्य राष्ट्रहरुबीच आतंकवादसँग लड्नका लागि सहयोग बढाुन रहेको भनेका छन् ।’’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !