२९ भाद्र २०८१, शनिबार

हामी भाई-भाई हौँ, अब युद्ध हुँदैन : दुई कोरियाली नेता


Kim n Mun

एजेन्सी, १४ वैशाख । अन्तर कोरियाली सम्मेलनका दौरान दुवै कोरियाका नेताहरुले संयुक्त वक्तव्य जारी गरेर दुई देशबीचको वैरभाव अन्त्य भएको घोषणा गरेका छन् ।

संयुक्त वक्तव्यमा ह्रस्ताक्षरपछि बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउने तथा आजका मितिदेखि दुई कोरियाबीच युद्ध नहुने घोषणा गरे ।

आफ्नो वक्तव्यका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले दुवै देश वास्तवमा एउटै देश, एउटै रगत र एउटै संस्कृति भएकोे र शान्तिको नयाँ युगप्रति आशावद्ध भएको  बताए ।

किम र इन दुवैले पानमुनजोम घोषणा जारी गर्दै आपसी समझदारी, समृद्धि तथा शान्तिको नयाँ युगको शुभारम्भ गरेका बताए । दुवै देशका नेताले सेप्टेम्बर १५ मा छुटिएका परिवारहरुलाई भेट्न दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । केसोङ क्षेत्रमा सम्पर्क अधिकारी राख्ने तथा

आउँदाे मेमा सैन्य वार्ता हुन पनि जनाइएको छ । शान्ति सम्झौताका लागि दुवै देशबीचको हतियार सम्झौता परिवर्तन गर्ने सहमति पनि भयो ।

सन् १९५३ देखि रहेको दुई देशबीचको तीतो सम्बन्ध ६५ वर्षपछि दुवै देशका राष्ट्राध्यक्षबीच दक्षिण कोरियाली भूमिमा औपचारिक भेटघाटका बीच अन्त्य भएको छ । अन्तरराष्ट्रिय वृत्तमा यो प्रयासलाई ऐतिहासिक कदमका रुपमा  लिइएको छ । यो वार्ताले मूर्त रुप लिन सके दुवै देशका बीच सौहार्द्रता सुमधुर हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !