२२ बैशाख २०८१, शनिबार

युरोपा लिगको सेमिफाइनमा आर्सनल र मड्रिड बराबरीमा


Sime-Vrsaljko

एजेन्सी, १४ वैशाख । युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आर्सनल र एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले १० खेलाडीमा झरेको एथ्लेटिको विरुद्ध एक गोलको अग्रता जोगाउन सकेन । एथ्लेटिकोका सिमे भिरसाल्को १० औं मिनेटमा नै दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिँदा पाहुना टिम दश खेलाडीमा झर्न पुग्यो ।

तर त्यसको फाइदा आर्सनलले पहिलो हाफमा लिन सकेन जसका कारण खेल पहिलो हाफ गोलरहित बराबरीमा सकियो । तर ६१ औं मिनेटमा एलेक्सजेन्डर लाकाजेटले घरेलु टिमलाई अग्रता दिलाए ।

पूरै खेलमा ७६ प्रतिशत बल पोसेसन बनाएको आर्सनल विरुद्ध एन्टोनी ग्रिजमनले ८२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्‍याए । अन्तमा आर्सनलले बरारीमा चित्त बुझायो । अब दोस्रो लेग एथ्लेटिकोको मैदानमा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !