२० बैशाख २०८१, बिहिबार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरे संसद् भंगको सिफारिस


इमरान खान

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले त्यहाँको संसद् भंग गर्न आज आइतबार राष्ट्रपति आरिफ अल्भीसमक्ष सिफारिस गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै खानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका हुन् ।

खानविरुद्ध विपक्षी दलले संसदमा पेश गरेको अविश्वासको प्रस्ताव राष्ट्रियसभाका उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए । उनले संविधानको धारा ५ सँग बाझिएको भन्दै उक्त अविश्वासको प्रस्ताव खारेज गरिदिएका थिए ।

अविस्वासको प्रस्ताव खारेज भएलगत्तै खानले राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार हटाउने निर्णय गर्ने अधिकार जनतालाई नै भएको भन्दै जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !