९ जेष्ठ २०८१, बुधबार

एभर्टनको न्युकासल युनाइटेडमाथि साँघुरो जित


Everton FC

एजेन्सी, ११ वैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले साँघुरो जित निकालेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा एभर्टनले न्युकासल युनाइटेडमाथि १–० को साँघुरो जित निकालेको हो ।

गुडीसन पार्कमा एभर्टनलाई जित दिलाउन थियो वाल्कोटले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गर्दै एभर्टनले जित निकालेको हो । एभर्टनलाई ३ अंक दिलाउन वाल्कोटले खेलको ५१ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र एभर्टनले साँघुरो जित हात पार्न सफल भयो ।

यो जितसँगै एभर्टन लिगको आठौं स्थानमा उक्लिएको छ । एभर्टनले ३५ खेलबाट ४५ अंक जोडेको छ । पराजित न्युकासल ४१ अंकसहित दशौं स्थानमा रहेको छ । लिगको शीर्ष स्थानमा च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटी रहेको छ । सिटीको ९० अंक छ । यस्तै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७४ र तेस्रो स्थानको लिभरपुलको ७१ अंक रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !