२२ बैशाख २०८१, शनिबार

पैदल यात्रीको बाटोमा अनियन्त्रित भ्यान, १० जनाको मृत्यु


Canada Accident

एजेन्सी, ११ वैशाख । क्यानडाको टोरन्टोमा एक व्यक्तिले पैदल यात्री हिँड्ने बाटोमा अनियन्त्रित रुपमा भ्यान चलाउँदा १० जनाको ज्यान गएको छ ।

घटनामा अरु १५ जना घाइते भएको प्रहरीले जनाएको छ । टोरन्टोको उत्तरमा रहेको व्यस्त चौकमा ड्राइभरले भ्यान अनियन्त्रित रुपमा चलाएका हुन् ।

घटनामा घाइते भएकालाई अस्पताल लैजान प्रत्यक्षदर्शीले सहयोग गरेका थिए । तस्बिर : रोयटर्सपैदल यात्रीको भीड रहेको बाटोमा अनियन्त्रित रुपमा भ्यान चलाएपछि ड्राइभर भागेका थिए । तर केही परबाट उनी पक्राउ परेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

पक्राउ गर्ने बेला केही बेर बाटोमा तनावको अवस्था आएको थियो । पक्राउ परेका व्यक्तिको नाम एलेक मिनसिएन रहेको र उनी २५ वर्षको रहेको प्रहरीले जनाएको छ ।

टोरन्टो प्रहरीले प्रत्यक्षदर्शलाई आएर घटनाबारे आफूले देखेका कुरा बताउन आग्रह गरेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाईछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !